नेकपाको स्थायी कमिटी बैठक १३ गतेसम्मका लागि स्थगित


सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक साउन १३ गतेसम्मका लागि स्थगित गरिएको छ ।

मंगलबार केही समय बसेको बैठकले बाढी र पहिरोमा परेकाहरुको राहत र उद्धारमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिँदै १३ गतेसम्मका लागि स्थगित गरिएको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले बाढी पहिरोमा परेकाहरुको राहत र उद्धारमा जुट्ने प्रस्ताव पास गरेको जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थिथित भएका थिएनन् । स्थायी कमिटी बैठक अघि ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो ।

प्रकाशित: समय: 15:14:52  304पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार