मकवानपुर । जिल्लाको हेटौंडा उपमहानगरपालिकास्थित कमानेका वासिन्दा,हाल:काठमाडौं कलंकीमा डेरा गरि बस्नुहुने कलाकार,संचारकर्मी एवं सामाजिक अभियन्ता देव थिङ लामाको ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा वरिष्ठ घाँटी तथा मस्तिष्कका चिकित्सकहरुको टोलिले मंगलबार सफलतापुर्वक घाँटीको शल्यक्रिया(ट्रेकियोटोमी) गर्न सफल भएको मकवानपुरे समाज काठमाडौंका अध्यक्ष अरुणकुमार गुरुङले जनाएका छन् ।
विं.सं.२०७६ साल बैशाखदेखि घाँटी र मस्तिष्कबाट पीडित लामाको मंगलबार घाँटीको सफलतापुर्वक(ट्रेकियोटोमी)शल्यक्रिया भएपछि मस्तिष्क लगायतका उपचारहरु क्रमिक रुपमा गर्न लागेको अस्पताल श्रोतले जनाएको मकवानपुरे समाज काठमाडौंका अध्यक्ष गुरुङले तामाङपेजसँगको सम्पर्कमा बताउनु भएको छ ।
उपचारमा आर्थिक अभाव भएपछि कलाकार,पत्रकार एवं सामाजिक अभियन्ता देव थिङ लामाको उपचारका निमित्त स्वदेश तथा प्रवासबाट विभिन्न व्यक्ती तथा संस्थाहरुले आर्थिक सहयोगहरु संकलन गरेर पत्नी मिरा जोशी लामालाई यो समाचार तयार पार्दासम्ममा करिब २ महिनाको अवधिमा १६ लाख भन्दा बढी रकम प्रदान गरि सकेका छन् ।