कालिका नगरपालिकाका विभिन्न वडामा बाख्रालाई पिपिआर रोग विरुद्ध खोप अभियान,८ हजार भन्दा बढी बाख्रालाई खोप लगाइयो


चितवन । कालिका नगरपालिकाका विभिन्न वडाहरुमध्ये नगरपालिकाको वडा नं.७,८ र ९ नम्बर वडा बाख्रापालक व्यवसायी कृषकहरुको फर्म तथा खोर,गोठमा रहेका ८ हजार भन्दा बढी बाख्राहरुलाई पि.पि.आर.रोग विरुद्ध खोप लगाइएको जनाएका छन् ।

कालिका नगरपालिका,पशु सेवा शाखाकाे सहयोगमा श्री लगनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाको समन्वयमा बाख्राहरुलाई खोप लगाइएको र अझै पनि छुटफुट तथा बाँकी स्थानहरुमा खोप लगाउने कार्य जारी रहेको संस्थाकी व्यवस्थापक जुनु बल तामाङले तामाङपेजसँगको सम्पर्कमा जनाएकी छिन् ।

प्रकाशित: समय: 11:36:30  101पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार