भारतीय न्यूज च्यानलहरुमाथिको बन्देज तत्काल खोल्न सकिदैन : मन्त्री खतिवडा


काठमाडौं । सरकारका प्रवक्ता एवंसञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले स्वदेशी र विदेशी सञ्चारमाध्यम नैतिक दायराभित्र बस्नुपर्ने बताएका छन् ।

आइतबार सिंहदरबारमा नेपाल मिडिया सोसाइटी, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) लगायतले बुझाएको ज्ञापन पत्र बुझ्दै उहाले अपमानित ढंगबाट कुनै पनि मिडिया जान नहुने पनि बताए ।

कुनै दुर्भाव फैलाउने गरी, चरित्र हत्या गर्ने गरी मानमर्यादालाई नै आँच पुर्याउने गरी प्रतिष्ठा घटाउने गरी गरिएका सञ्चार माध्यमका समाचार, विश्लेषणहरुको भत्सर्ना गरेको उनले बताए ।

राष्ट्र तथा राष्ट्रियता सार्वभौमिकता र नेपालीका स्वाभिमानमा आँच पु-याउने समाचारहरू सम्प्रेषण नगर्न पनि उनले अनुरोध गरे ।
कोभिडसँगै अहिले प्राकृतिक विपदसँग लडिरहेको र राजनीतिक नक्सा अध्यावधिक पनि गरेको अवस्थामा नेपालीको एकताबाट कोही तर्सिएको हुन सक्ने उनको भनाई छ ।

मन्त्री खतिवडाले भारतीय सञ्चारमाध्यमले दूरासयपूर्ण विषयवस्तु बाहिर ल्याएको सञ्चारमाध्यम नै बन्द गरिएको बताए । बिदेशी च्याानलमा क्लिन फिड लागू हुनुपर्ने, बिदेशी च्यालनलाई व्यवस्थित गर्नुपर्ने लगायतका माग राखि उक्त संस्थाहरुल सञ्चारमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

भारतीय न्यूज च्यानलहरुमाथिको बन्देज तत्काल खोल्न नसकिने सरकारले स्पष्ट पारेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको विषयमा आपत्तिजनक सामग्री प्रसारण गरिरहेका भारतीय न्यूज च्यानलमाथिको बन्देज परिस्थिति अनुकुल नहुँदासम्म कायम रहने सरकारले बताएको हो ।

प्रकाशित: समय: 20:41:41  218पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार