काठमाडौं । गृह सचिव महेश्वर न्यौपानेले गृह मन्त्रालयमा आज(बिहिबार)आयोजित एक विशेष कार्यक्रमकाबीच नेपाल प्रहरीका २८ औं नवनियुक्त आईजिपी शैलेश थापा क्षेत्रीलाई आईजिपीको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
दर्ज्यानी चिन्ह प्राप्त गरेपछि नवनियुक्त आईजिपी क्षेत्रीले आफ्नो कार्यकालमा नेपाल प्रहरीलाई उत्क्रुष्ट संगठन बनाउने प्रतिवद्धता व्यक्त गर्नुहुँदैं पदिय चुनौतिलाई अवसरमा रुपान्तरण गर्ने कुरा बताउनु भएको छ।
गृह मन्त्रालयमा नवनियुक्त आईजिपीलाई दर्ज्यानी चिन्ह प्रदान कार्यक्रममा उच्च प्रहरी अधिकृतहरुको उल्लेख्य सहभागिता रहेको थियो ।