नेपाली काँग्रेसको महाधिवेशन फागुन ७ गते हुने


काठमाडौं । नेपाली काँग्रेसले कोरोना महामारी र लकडाउनका कारण पार्टीका गतिविधि,कार्य ठप्प भएपछि चौंधौं महाधिवेशन तोकिएकै मिति आउँदो फागुन ७ देखि १० गतेसम्ममा गर्ने निर्णय निश्चित गरेको छ ।

महाधिवेशन र नागरिकताको एजेण्डा राखेर असार १६ देखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकले निर्धारित मितिमा नै महाधिवेशन गर्ने जनाएका छन् ।

नेपाली काँग्रेसले महाधिवेशनको नयाँ सुची प्रारम्भ गर्दै यही मंसिर मसान्तभित्र काँग्रेस निर्वाचन आयोगलाई क्रियाशिल सदस्यताको नविकरण,वितरण,छानबिन जस्ता कार्य पुरा गरि सक्नु पर्ने जनाएको छ ।

नेपाली काँग्रेसको २६ जिल्लाको समायोजन बाँकी रहेको र क्रियाशिल सदस्यको उजुरी गर्ने समय असोज मसान्त,पुनरावेदनका लागि कातिक मसान्त ,सम्पुर्ण विवाद टुंग्याउन मंसिर २५ गतेसम्मको समय दिइएको र क्रियाशिल सदस्यको छानबिन गर्नेदेखि विवाद मिलाउने,त्यसपछि अन्तिम नामवली प्रकाशन गर्ने कार्य पार्टीबाट गठित छानबिन समितिले सार्वजनिक गर्ने छन् ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री अर्जुननरसिंह केसीले महाधिवेशन बारेका निर्णयहरुसँगका बारेमा संचारकर्मीहरुलाई संक्षिप्त जानकारी दिनुहुँदैं मंगलबार सत्ताको साझेदारी र लोभमा च्याँखे थाप्ने काम गर्न थाल्यौं भने आत्माघाती हुनेतर्फ नेतृत्वलाई खबरदारीसमेत गर्नु भएको छ ।

केही दिन अघिमात्र नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपि शर्मा ओली,नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दहालसमक्ष विश्वासापात्रमार्फत भेटपछि नेपालको पछिल्लो राजनीतिक अवस्थाले माहोल तातेको हो ।

प्रकाशित: समय: 20:15:38  605पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार