धुम्बाराहीमा पार्टीको एकताका लागि युवा नेतृत्वहरुद्धारा ज्ञापन पत्र प्रदान!


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को केन्द्रीय कार्यालय धुम्बाराहीमा कुनै व्यक्तिको पक्षमा नभई नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को एकताको पक्षमा युवा नेतृत्वहरुले खबरदारी गर्दै ज्ञापन पत्र सोमबार प्रदान गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय नेतृत्व धनकुमार मैनालीले संचारकर्मीहरुसँग कुराकानी गर्नुहुँदैं व्यक्तिको पक्षमा नभई सिङ्गो नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पार्टीको एकताका लागि युवा राष्ट्रिय युवा संघ नेपाल,अनेरास्ववियु नेपालका युवा नेतृत्वहरुले सामुहिक ज्ञापन पत्रमा हस्ताक्षर गर्दै पार्टी कार्यालय धुम्बाराहीमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय पार्टी कार्यालय सचिवद्धय श्रीकृष्ण ढकाल,ईश्वरी रिजाललाई ज्ञापन पत्र प्रदान गरेको जनाउनु भएको छ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का युवा नेतृत्वहरुले देशै भर पार्टी एकताको पक्षमा सबै जिल्लास्थित पार्टी कार्यालयहरुमा पार्टी एकता जिन्दावाद,गुटबन्दी मुर्दावाद,जनविश्वासमाथि कुठाराघात गर्न पाईदैन,रुपान्तरण सहितकाे पार्टी एकता जिन्दावाद,
शु:खी नेपाली सम्वृद्ध नेपाल जिन्दावाद,फुटवादी हाेसियार,
अ:स्वस्थ चलखेल बन्द गर,नागरिकता बिधेयक पारित गर,
निति प्रदान पार्टी निर्माण गराैँ,एम सि सि खारेज गर भन्ने प्लेकार्डसहित युवा नेतृत्वहरुले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय कार्यालय धुम्बाराहीमा शान्तिपुर्ण प्रदर्शनसमेेत गरेका थिए ।

 

प्रकाशित: समय: 22:40:40  557पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार