काठमाडौं उपत्यकामा २३ सहित थप २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार विभिन्न २५ वटा प्रयोगशालामा भएका परीक्षणमा २ सय ५५ जनामा कोरोना पुष्टि भएसंगै संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको बताएका हुन् ।
यस्तै, बुधबार २ सय ५३ जना संक्रमित डिस्चार्ज भएको उनले बताए । यो सँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको छ ।
बुधबार ४ हजार ६ सय ९६ गरी अहिलेसम्म पीसीआर विधिबाट २ लाख ६६ हजार ४ सय ५७ जनाको कोरोना परीक्षण भएको छ । अहिले देशका विभिन्न अस्पतालका आइसोलेसनमा ८ हजार ६ सय ३६ जना उपचाररत रहेका छन् । क्वारेन्टिनहरुमा २५ हजार ४० रहेका छन् ।