ठेचोमा श्री सुनगाभा महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको १४ औं स्थापना दिवस !


ललितपुर ।  गोदावरी नगरपालिका वडा नं.१२ ठेचोमा श्री सुनगाभा महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको १४ औं स्थापना दिवस समारोह गोदावरी नगरपालिका सहकारी शाखाका प्रमुख श्रीकान्त घिमिरेको प्रमुख आतिथ्यमा सामाजिक दुरिलाई कायम गर्दै आज(मंगलबार)संस्थाको कार्यालयमा सम्पन्न भएको छ।

उक्त स्थापना दिवसमा संस्थाका सल्लाहकार एवं राजनितिक विश्लेषक,लेखक गोपाल संजेल,संस्थाका सल्लाहकार एवं पूर्वउपाध्यक्ष इनु के.सी.,लेखापरिक्षक पुरुषोत्तम आचार्य,गोदावरीखोला क्षेत्र सरसफाई अभियानकी संयोजक बेबि राजभण्डारी,संस्थाका अध्यक्ष निर्मला क्षेत्री,उपाध्यक्ष लक्ष्मी थापामगर,सचिव करुणा थापामगर,कोषाध्यक्ष सकुन्तला राई,कार्यसमितिका सदस्यहरु,लेखा समिति संयोजक कल्पना खत्री,ॠण समिति संयोजक तारा माली लगायतका पदाधिकारीहरु,सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रमुख अतिथि एवं गोदावरी नगरपालिका सहकारी शाखाका प्रमुख घिमिरेले केक काटेर शुभारम्भ गर्नु भएको कार्यक्रममा बक्ताहरुले संस्थाको स्थापना दिवसको अवसरमा शुभकामना सन्देशसमेत व्यक्त गरेका थिए ।

विं.सं.२०६३ साल असार २३ गते आजकै दिन स्थापना भएको श्री सुनगाभा महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले आजदेखि १३ वर्ष पुगेर १४ वर्षमा प्रवेश गरेको छ।

श्री सुनगाभा महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले शेयरधनी सदस्यहरुको क्षमता विकासको लागि नेतृत्व विकास तालिम,प्रशिक्षण,वनभोज कार्यक्रम,पोशाकमा एकरुपता,संस्थाका दिर्घ रोगी सदस्यहरुलाई आर्थिक सहयोग,विभिन्न कार्यक्रमहरु गर्दै छुटै पहिचानको रुपमा संस्थालाई खडा गरि सकेका छन् भने संस्थामा हाल:७३६ जना शेयर सदस्य,कुल शेयर संख्या ७३६ रहेकोमा शेयर कुल पुँजी २४ लाख ६ सय,निक्षेप संकलन ९८ लाख ८३ हजार ३ सय ५७,कर्जा लगानी १ करोड ५२ लाख ३२ हजार ५ सय ७१ रुपैयाँ ३ पैंशा र कुल कारोबार १ करोड ५८ लाख १२ हजार १ सय ९४ रुपैयाँ ३८ पैंशा रहेको संस्थाकी अध्यक्ष निर्मला क्षेत्रीले जनाएकी छिन् ।

प्रकाशित: समय: 23:55:24  134पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार