कमानेका कलाकार देव लामाको मेडिसिटी अस्पताल नख्खुमा उपचार हुँदैं


ललितपुर । विगत लामो समयदेखि घाँटी र टाउकोको समस्याले पीडित बन्नु भएका मकवानपुर जिल्ला,हेटौंडा उपमहानगर पालिका वडा नं.८ कमाने घर भइ हाल काठमाडौं कलंकीमा डेरा गरि बस्नुहुने कलाकार,संचारकर्मी एवं सामाजिक अभियन्ता देव थिङ लामाको आज(मंगलबार)देखि मेडिसिटी अस्पताल नख्खुमा उपचार भइ रहेको छ ।

आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि स्वदेश तथा विदेशबाट विभिन्न व्यक्ती तथा संघसंस्थाहरुले डेढ महिनाको अवधिमा यो समाचार तयार पार्दा सम्ममा करिब १४ लाखको हारहारीमा सहयोग प्राप्त भएको पीडित लामाकी धर्मपत्नी मिरा जोशी लामाले बताएकी छिन् ।

मकवानपुरे समाज काठमाडौंका अध्यक्ष अरुणकुमार गुरुङले कलाकार,संचारकर्मी एवं सामाजिक अभियन्ता देव थिङ लामाको नक्खुमा रहेको मेडिसिटी अस्पतालमा मंगलबारबाट उपचार शुरु भएको तामाङपेजसँगको संवादमा जनाएका छन् ।

प्रकाशित: समय: 12:22:28  355पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार