नेपाल तामाङ घेदुङ मलेसियाको १५ औं वार्षिक साधारण सभा सम्पन्न,अध्यक्षमा जगतसिंह दोङ निर्वाचित


मलेसिया । नेपाल तामाङ घेदुङ मलेसियाको आज(आईतबार)मलेसियाको क्वालालम्पुरमा १५ वार्षिक उत्सव तथा साधारण सभा नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष विपिन राईको प्रमुख आतिथ्यमा नेपाल तामाङ कलाकार संघ मलेसियाका अध्यक्ष फुर्वादोर्जे तामाङको विशेष आतिथ्यमा सम्पन्न भएको छ ।

सामाजिक दुरिलाई कायम गर्दै सम्पन्न वार्षिक उत्सव तथा साधारण सभाले नेपाल तामाङ घेदुङ मलेसियाको अध्यक्षमा निर्विरोध जगतसिंह दोङ,वरिष्ठ उपाध्यक्ष मिलन थिङ,उपाध्यक्ष विक्रम वाईवा,महासचिव छेवाङ लामा,प्रथम सचिव / भाषा,लिपि तथा साहित्य विभाग:अमिर लोप्चन(सोमलाल),द्धितिय सचिव/सूचना तथा सञ्चार विभाग:मिलन दोङ,कोषाध्यक्ष प्रकाश तामाङ,सहकोषाध्यक्ष तेन्जिङ लो,सदस्य/पुरातात्त्विक अनुसन्धान विभाग:छविलाल बम्जन तामाङ लगायतका प्रतिनिधिहरुलाई निर्वाचित गरेको नेपाल तामाङ घेदुङ मलेसियाले जनाएका छन् ।                                  तस्बिर : फोटोग्राफर सोनाम ।

 

 

 

प्रकाशित: समय: 23:04:00  145पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार