काठमाडौं उपत्यकामा एकै दिन २७ जनामा कोरोना पुष्टि, १५,७८४ संंक्रमित


नेपालमा थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले आईतबार २ सय ९३ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको बताए ।

मन्त्रालयका अनुसार प्रदेश नम्बर १ मा अहिलेसम्म ६ सय ९४ जना संक्रमित भेटिएकामा ४ सय ६९ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर २ मा ४ हजार १ सय ६० जनामा संक्रमण देखिँदा २ हजार ३४ जना डिस्चार्ज भएका छन् । बागमती प्रदेशमा ५ सय ६३ जनामा संक्रमण देखिएको छ । जसमध्ये २ सय ३४ जना डिस्चार्ज भएका छन् ।

यस्तै, मन्त्रालयका प्रवक्ता गौतमका अनुसार गण्डकी प्रदेशमा १ हजार १ सय ४२ जनामा संक्रमण देखिएको छ भने २ सय १४ जना डिस्चार्ज भएका छन् । प्रदेश नम्बर ५ मा ३ हजार ९ सय ६८ संक्रमित रहेका छन् । १ हजार ७ सय २५ जना डिस्चार्ज भएका छन् । कर्णाली प्रदेशमा १ हजार ५ सय ७९ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ६ सय ७८ जनामा संक्रमण देखिएको छ । भने क्रमसः १ हजार १ सय ९१ र ६ सय ८० जना डिस्चार्ज भएका छन् ।

यस्तै, देशका २५ वटा प्रयोगशालाबाट कोरोना परीक्षण सुरु भएको छ । हालसम्म २ लाख ५१ हजार ७ जनाको परीक्षण भएको छ । अहिले क्वारेन्टिनहरुमा ३१ हजार ५ सय ७३ जना रहेका छन् भने ९ हजार २ सय ३ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । यस्तै, ६ हजार ५ सय ४७ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

प्रकाशित: समय: 17:05:20  56पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार