जावलाखेलमा प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीबाट नवनिर्मित व्यारेक भवन समुदघाटन


ललितपुर । महानगरीय प्रहरी परिसर जावलाखेल,ललितपुरको हाताभित्र राष्ट्रिय पुननिर्माण प्राधिकरणको सहयोगमा नव-निर्मित व्यारेक भवनको एक भव्य समारोहकाबीच प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले आज(बुधबार) समुदघाटन गर्नु भएको छ ।

समुदघाटन गर्नुहुँदैं प्रमुख अतिथि एवं प्रहरी महानिरीक्षक (आईजिपी )ज्ञवालीले भवन निर्माणको लागी सहयोग पुर्याउने निकाय तथा महानुभावहरुलाई प्रशंसा पत्र प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन,जिल्ला प्रशासन कार्यालय ललितपुर प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी)हरु,प्रहरी प्रधान कार्यालय तथा उपत्यकामा कार्यरत प्रहरी नायव महानिरीक्षक(डिआईजी)हरु,प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)हरु,प्रहरी उपरीक्षक(एस्पी)हरु,जिल्ला सुरक्षा समिति ललितपुरका प्रमुखहरु,जिल्ला न्यायधिवक्ताहरुको सहभागिता रहेको थियो ।

त्यसैगरी सो कार्यक्रममा जनप्रतिनिधिहरु,बुद्धिजिवीहरु र पत्रकारहरु लगायतको उपस्थितिमा प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले महानगरीय प्रहरी परिसर जावालखेलमा नवनिर्मित व्यारेक भवनको समुदघाटन गरेका छन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरी,काठमाडौंका प्रहरी प्रमुख एवं प्रहरी नायव महानिरीक्षक(डिआईजी)विश्वराज पोखरेलले समापन गर्नु भएको महानगरीय प्रहरी परिसर ललितपुर प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) टेकप्रसाद राईले तामाङपेजसँगको संवादमा बताउनु भएको छ।

तस्बिर : महानगरीय प्रहरी परिसर,जावलाखेल,ललितपुर ।

 

प्रकाशित: समय: 18:00:31  780पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार