इरानको तेहरानमा विस्फोट हुँदा कम्तीमा १९ जनाको मृत्यु


इरानको राजधानी तेहरानमा एउटा मेडिकल क्लिनिकमा ग्यास चुहावटका कारण विस्फोट भएपछि कम्तीमा १९ जनाको मृत्यु भएको छ ।

सुरूमा सरकारी अधिकारीरूले १३ जनाको मृत्यु भएको जनाएका थिए तर अग्निनियन्त्रण विभागका प्रवक्ता जलाल मालेकीले १९ जनाको मृत्यु भएको पुष्टि गरेका हुन्।

मृत्यु हुनेमा १५ महिला र ४ पुरुष रहेको इरानी सरकारी संचारमाध्यले जनमएका छन् । अग्ननियन्त्रकहरूले अन्य २० जनाको जीवितै उद्दार गर्न सफल भएका थिए ।

क्लिनिकको भवनमा रहेका मेडिकल ग्यास ट्यांकहरूबाट चुहावट भएपछि विस्फोटन हुनुका साथै आगो पनि सल्किएको समाचारमा जनाइएको छ ।

प्रकाशित: समय: 9:49:36  253पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार