लखुर टोलमा राष्ट्रिय धान दिवसको अवसरमा विविध कार्यक्रम


ललितपुर । अभियान कृषि सहकारी संस्था हरिसिद्धी शाखा ललितपुरको आयोजनामा राष्ट्रिय धान दिवसको अवसरमा सोमबार ललितपुर महानगरपालिका वडा नं.२९ स्थित लखुरटोलमा रहेको खेतमा विविध कार्यक्रम सम्पन्न गरेको छ ।

जेष्ठ नागरिक चतुरमनी राईको प्रमुख आतिथ्यमा र सामाजिक अभियन्ता लाक्पा फुटी शेर्पाको विशेष आतिथ्यमा संस्थाका अध्यक्ष छिरिङ लामा,उपाध्यक्ष ठटबहादुर बानियाँ,सचिव डिल्ली बेघा,कोषाध्यक्ष नरबहादुर बेघा लगायतका महानुभावहरुको सहभागिता रहेको थियो ।

संस्थाकी सहकोषाध्यक्ष उषा थेबेले हङकङमा रहनु भएका नेत्रपाल साम्पाङ राई र एन्किला राई दम्पतीलाई कोरोना महामारीमा राहातको लागी खाद्यान्न खरिद गर्न रु.५० हजार नगद सहयोग गर्नुहुने दाताहरु राई दम्पत्ती,दोर्जे लामालाई धानको माला लगाएर सम्मान गरेकी थिइन् ।

राष्ट्रिय धान दिवसको अवसरमा संस्थाले ललितपुरको हरिसिद्धीस्थित लखुरटोलको खेतमा आयोजना गरेको विविध कार्यक्रमहरु हिलो छ्याप्ने,पुरुष-पुरुष र महिला-महिला टिमबीच डोरी तान्ने प्रतियोगितामा विजयी विजेता,उपविजेता पुरुष टिमलाई क्रमशः नगद रु.३ हजार ५ सय र २ हजार र महिला विजेता,उपविजेता टिमलाई क्रमशः नगद रु.२ हजार,१ हजार पुरस्कार खेलाडीहरुलाई प्रदान गरेका थिए।

कृषि अभियान सहकारी संस्थाका अध्यक्ष एवं सामाजिक अभियन्ता छिरिङ लामाले पुरस्कार तथा नास्ता लगायतको सौंजन्य गर्नुहुने दाताहरुलाई खादा ओढाएर सम्मान गर्नु भएको संस्थाले जनाएको छ ।

प्रकाशित: समय: 21:39:04  172पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार