निजामती सेवा ऐनप्रति असन्तुष्टि जनाउँदै नायब सुब्बाहरुद्वारा सिंहदरबारभित्रै प्रदर्शन


काठमाडौं । निजामती सेवा ऐनप्रति असन्तुष्टि जनाउदै नायब सुब्बाहरुले मंगलबार सिंहदरबारभित्रै प्रदर्शन गरेका छन् ।

मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय नजिकको सडक किनारमा उभिएर नायब सुब्बाहरुले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । उनीहरुले राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत सरहको पदपूर्तिमा ५० प्रसतशत खुल्ला, ३० प्रतिशत बढुवा र २० प्रतिशत आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हुनु पर्ने माग राखेका छन् ।

तर, कुनै पनि साविकको पदबाट अधिकतम १२ वर्षसम्म पनि बढुवा नभएमा स्वतः बढुवा प्रणालीबाट पदपूर्ति गरेर मात्र खुलातर्फ विज्ञापन गर्नुपर्ने माग पनि राखेका छन् । प्रस्तावित ऐनमा नायब सुब्बाबाट शाखा अधिकृतमा बढुवाका लागि २० प्रतिशत मात्र कोटा छुट्टाइएको छ ।

विरोध प्रदर्शनमा सहभागीहरुले राज्य व्यवस्था समितिबाट पारित ऐन कर्मचारीको हितमा नरहेको भन्दै विरोध गरेको बताइका छन् । प्रदर्शनमा उत्रेका कर्मचारीहरुले निजामती सेवा विधेयकका कतिपय प्रावधानले नायब सुब्बाहरुको वृत्ति विकासमा असर परेको जनाएका छन् । देशभर राजपत्र अनंकित प्रथम श्रेणी अर्थात नायब सुब्बा पदमा करिव ३५ हजार कर्मचारी कार्यरत छन् ।

प्रकाशित: समय: 15:40:30  45पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार