न्यूयोर्कमा शुद्ध दुध वितरण कार्यक्रम


अमेरिका,न्यूयोर्क । गिरिजाप्रसाद कोइराला फाउण्डेसन अमेरिकाले कोभिड-१९ को महामारी सुरु भए लगत्तै समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले नेपाली तथा अन्य समुदायका लागि खाद्यान्न वितरणको बार्हौ शृङ्खला २३ जुन २०२० का दिन सम्पन्न गरेको थियो ।

फाउण्डेसनका अध्यक्ष एवं सामाजिक अभियन्ता सोमनाथ घिमिरेले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं फाउण्डेसनले न्यूयिर्क शहरको क्वीन्स बोरोस्थित विभिन्न संघसंस्थाहरु मार्फत सोमबार ६ प्यालेट्स शुद्व दुध वितरण गरेको जनाएका छन् ।

 

रिभर फण्डका मुख्य उत्पादन अधिकारी डा.ओट्टो स्टार्जमेनसँग सहकार्य गरी फाउण्डेसनले सहयोग स्वरुप प्राप्त गरेको शुद्ध दुध ६ प्यालेट्स शुद्व दुध,प्रत्येक प्यालेटमा १९२ ग्यालन गरि कुल १,१५२ ग्यालन अर्थात् ४३६० लिटर शुद्व दुध सहयोग प्राप्त भएको फाउण्डेसनका अध्यक्ष एवं सामाजिक अभियन्ता घिमिरेले जनाए ।

विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुले आफ्नै सवारी साधन १४ वटा कार लिएर वेरहाउसबाट नेपाल अमेरिकन कलाकार संघकालाई मिडिया कोओर्डीनेटर पुष्कर बरालमार्फत २० ग्यालन दुध,रिजहुड नेपालिज सोसाईटिलाई फाउण्डेसनका सदस्य एवं नेजससअ न्यूयोर्कका पूर्व संयोजक विनोद सुवेदीमार्फत ६० ग्यालन दुध, नेपाल तरुण दल अमेरिकालाई फाउण्डेसनका उपाध्यक्ष अनन्तराज सुवेदीमार्फत ६० ग्यालन दुध,युनाईटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका न्यूयोर्क च्याप्टरलाई यसैं संस्थाका अध्यक्ष केशवराम राईमार्फत ६० ग्यालन दुध,घ्याल्सुम्दो सेवा संस्था अमेरिकालाई फाउण्डेशनका केन्द्रीय सदस्य एवं समुदाय सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामामार्फत ६० ग्यालन दुध, नेजससअ-न्यूयोर्क(NPRCA-NY)लाई सचिव अनिल पाण्डेमार्फत ४० ग्यालन दुध,तनहुँ समाज अमेरिका न्यूयोर्कका प्रतिनिधि होमबहादुर गुरुङमार्फत ४० ग्यालन दुध,स्याङजा समाज अमेरिकालाई प्रतिनिधि दिेनेश भण्डारीमार्फत ४० ग्यालन दुध गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले हस्तान्तरण गरेको हो ।
फाउण्डेसनले आयोजना गरेको शुद्ध दुध वितरण कार्यक्रममा गिरिजाप्रसाद कोईराला फाउण्डेसनका अमेरिका उपाध्यक्ष सुवर्ण लामा,केन्द्रीय सदस्य सूर्य सिम्खडा,रेखा श्रेष्ठ,दिपक गौतम, रविन विडारी,लक्ष्मण पुन,प्रधुम्न रायमाझी,प्रेमलाल बुढामगर, ईण्डीयन कम्युनिटीबाट सत्नाम लाल सिंह लगायतले स्वयमसेवी रुपमा सहयोग गर्नु भएको थियो भने बाँकी रहेको शुद्व दुध टेष्ट अफ लाहोर रेष्टुरेण्टकी प्रोप्राइटर रेखा श्रेष्ठले रेष्टुरेण्टकैं फ्रिज उपलब्ध गराइ भण्डारण गर्न सहयोग गरेको र आज(मंगलबार) सामाजिक दुरिलाई कायम राख्दै वितरण गर्ने कार्यक्रम रहेको गिरिजाप्रसाद कोईराला फाउण्डेसन अमेरिका अध्यक्ष एवं सामाजिक अभियन्ता सोमनाथ घिमिरेले तामाङपेजसँगको सम्पर्कमा बताउनु भएको छ ।

प्रकाशित: समय: 11:56:40  109पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार