स्कार्पियो दुर्घटनामा मकवानपुरकी एक महिलाको मृत्यु ,चार घाइते


मकवानपुर । चितवनको भरतपुरमा स्कार्पियो दुर्घटनामा परि मकवानपुरकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका ५ बस्ने ४८ वर्षीय प्रभा गौतम रहेको प्रहरीले जनाएको छ । घाइते हुनेहरूमा सोही स्थान बस्ने ५३ वर्षीय कृष्ण धिताल ,२७ वर्षीय बर्षा धिताल ,२५ वर्षीय अनुज धिताल र स्कार्पियो चालक ४५ वर्षीय राजन घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सुबास भट्टले जानकारी दिए ।

मुग्लिनबाट नारायणगढ तर्फ जाँदै गरेको बा १३ च ५९२९ नम्बरको स्कार्पियो र बिपरित दिशाबाट आउँदै गरेको एनएल ०१ क्यु ५१०६ नम्बरको ग्यास बुलेट एक आपसमा ठोकिएको थियो ।

दुर्घटनामा घाइते भएकी प्रभा गौतमको उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको हो भने अन्य घाइतेहरुलाई पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ ।
ग्यास बुलेटका चालक फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: समय: 9:44:08  39पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार