१४ मुलुकका नागरिकलाई भ्रमण अनुमति दिने ईयूको घोषणा


यूरोपेली देशहरुको साझा संगठन यूरोपेली यूनियन इयूले १४ देशका नागरिकहरुलाई मात्रै जुलाई १ तारिखबाट सदस्य मुलुकहरुमा प्रवेशको अनुमति दिएको छ ।

इयूको सीमा सुरक्षा र नियन्त्रण हेर्ने निकायले आफ्ना सदस्य मुलुकका नागरिकहरुको आवागमनलाई भने पूर्ण रुपमा खुला गरेको छ ।

भोलीबाट कार्यान्वयनमा आउने इयूको निर्णय अनुसार अल्जेरिया, अष्ट्रेलिया, क्यानडा, जर्जिया, जापान, मोन्टेनेग्रोर कोरक्कोका नागरिकले यूरोप भ्रमण गर्न सक्नेछन् ।

यसैगरी न्यूजिल्याण्ड, रुवाण्डा, सर्विया, दक्षिण कोरिया, थाइल्याण्ड, ट्युनिसिया र उरुग्वेका नागरिकहरुको यूरोप भ्रमण पनि खुला गरिएको छ । इयूको पछिल्लो निर्णयपछि अमेरिका, ब्राजिल र चीनका नागरिकहरुले अब अर्को निर्णय नभएसम्म यूरो सदस्य मुलुकहरुको भ्रमण गर्न पाउने छैनन् ।

तर इयू बैठकले चीनले यूरोपेली मुलुकका नागरिकहरुलाई उसको देशमा यात्रा अनुमति दिएमा भने उनीहरुलाई पनि यूरोपमा प्रवेश दिने निर्णय गरेको छ ।

कोरोनाभाइरसको महामारी पछि अन्तर्राष्ट्रिय उडानहरु स्थगित गरेर लकडाउनमा गएका यूरोपेली देशहरुले आवागमनमा पूर्ण प्रतिवन्ध लगाएका थिए । संक्रमणको स्तर घट्दै गएपछि देशहरुले गतिविधि सामान्य पार्दैछन्

प्रकाशित: समय: 9:22:28  44पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार