गण्डकी प्रदेशमा मंगलबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा तनहुँ, स्याङ्जा, लमजुङ र कास्की जिल्लामा गरी थप १७ जनामा कोरोना संक्रमण भएको हो ।
यो संगै संक्रमितको संख्या ९ सय ६६ पुगेको छ । साथै गण्डकी प्रदेशमा २१४ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् ।