लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता दिने सरकारको निर्णय


काठमाडौं । सरकारले लकडाउनको अहिलेको मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले साउन सात गतेसम्म अहिलेकै मोडलको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो ।

यो निर्णयअनुसार साउन ७ सम्म सार्वजनिक सवारी साधन संचालन हुने छैनन् भने निजी सवारीसाधन जोर विजोर प्रणालीमा चल्नेछन् । त्यस्तै उद्दार बाहेकका सबै हवाई उडान बन्द हुनेछन् । विद्यालय तथा शैक्षिक संस्थाहरू पनि बन्द नै रहनेछन् । सभा समारोह, प्रदर्शन गर्न पाइने छैन भने सिनेमा हल, डान्सबार, पुस्तकालय, संग्रहालय, समूहमा खेलिने खेल, स्वीमिङ पुलहरू पनि खुला हुने छैनन् ।

सरकारले तोकेका २० बाहेक अरू अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द नै रहनेछ । लकडाउन खुकुलो भएपछि जनजीवन सामान्य बन्दै गएको तर स्वास्थ्य सुरक्षा मापदण्ड पालना नभएको सरकारको निष्कर्ष छ । बैठकले एसएमएस अर्थात सोसल डिस्ट्यान्स, मास्क र स्यानिटाइजरलाई कडाईपूर्वक लागू गर्ने निर्णय गरेको छ ।

प्रकाशित: समय: 6:46:12  69पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार