अमेरिका । एन.आर.एन.ए अमेरिका उपाध्यक्ष बाबुराम लामाद्धारा संकलित आर्थिक सहयोग नेपाल आदिवासी जनजाति महासंघ(फिप्ना) अमेरिकालाई सोमबार प्रदान गरेको छ ।
फिप्ना अमेरिका अध्यक्ष लोक चेम्जुङले नेपालको विभिन्न क्षेत्रमा रोग र भोगसँग जुधिरहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई दु:खमा थोरबहुत मलम लगाउन राहत संकलन गर्ने कार्यका लागि एन.आर.एन.ए.एनसिसी अमेरिका उपाध्यक्ष बाबुराम लामाले बोर्डका पदाधिकारीबीच समन्वय गर्नु भएर संकलित आर्थिक सहयोग रकम एकमुष्ट १ हजार २ सय डलर प्रदान गरेको जनाएका छन् ।