नुवाकोट साहित्य प्रतिष्ठान नेपालले गर्ने असार १५ काे कार्यक्रम स्थगित


नुवाकोट । नुवाकोट साहित्य प्रतिष्ठान नेपालकाे वार्षिक कार्यतालिकाअनुसार प्रत्येक वर्षकाे धान दिवस एवम् असार १५ गते गरिने स्रष्टा सम्मान ,कृति विमाेचन तथा साहित्यिक गाेष्ठी यस वर्ष भने राेकिएकाे छ । काेभिड १९ काे महामारीकाे कारण कार्यक्रम सञ्चालन गर्न असमर्थ रहेको कुरा प्रतिष्ठानका अध्यक्ष रामकृष्ण अमर र सल्लाहकार श्रीराम श्रेष्ठले बताउनुभएको छ ।
प्रतिष्ठानले प्रत्येक वर्ष नुवाकोट साहित्य सम्मान पुरस्कार , महामण्डल साहित्य सम्मान पुरस्कार, कमलादेवी तथा जगनीधि गजुरेल स्मृति साहित्य सम्मान पुरस्कार र युगान्तर साहित्य सम्मान पुरस्कार फरकफरक स्रष्टाहरुलाई प्रदान गर्दै आएकाे थियो । यस सँगसँगै मुलुकका विभिन्न बरिस्ठ साहित्यकारहरुकाे साथमा वृहत् साहित्यिक गाेष्ठीका साथ कृति विमाेचन गर्ने गरिएको थियो तर यस वर्ष भने काेराेनाकाे त्रासकाे कारण कार्यक्रम सञ्चालन गर्न नपाएको प्रतिष्ठानकाे दुखेसो रहेको छ । यदि काेराेनाकाे नियन्त्रण भै वातावरण सहज रह्याे भने प्रतिष्ठानले छलफल गरेर कार्यक्रम सञ्चालन गर्ने गरि मिति तय गरेर सुचना प्रकाशन गर्न सकिने प्रतिष्ठानका प्रवक्ता करण तामाङ घ्लानले हाम्राे संवाददातासँग कुरा गर्दै थप जानकारी दिनुभएको छ ।

प्रकाशित: समय: 9:02:15  74पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार