सातदोबाटोमा दीप प्रज्वलन कार्यक्रम


ललितपुर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जिल्ला पार्टी कार्यालय भवनको प्राङ्गणमा रहेको जन नेता मदन भण्डारीको शालिकमा आइतबार साँझ दीप प्रज्वलन कार्यक्रम गरेको छ ।

कार्यालय सचिव पुरुषोत्तम आचार्यकानुसार जनतामाझ अतिनै लोकप्रिय नेता मदन भण्डारी ६९ औं जन्म जयन्तीको अवसरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ललितपुरका जिल्ला अध्यक्ष हरिकृष्ण व्यन्जनकारले नेता मदन भण्डारीको शालिकमा दीप प्रज्वलन गरेर नेपालको कम्युनिष्ट पार्टीको क्षेत्रमा पुर्याउनु भएको योगदानको बारेमा चर्चासमेत गरेको जनाएका छन् ।

सो दीप प्रज्वलन कार्यक्रममा मदन भण्डारी फाउण्डेसनका ललितपुर जिल्ला अध्यक्ष रमेशचन्द्र घिमिरे लगायतका नेताहरुको सहभागिता रहेको कार्यालय सचिव आचार्यले जानकारी दिनु भएको छ ।

प्रकाशित: समय: 1:25:18  100पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार