पोखरामा पनि सलह किरा भेटियो,होशियार रहन वडासचिव कोईरालाद्धारा खेतीवालालाई आग्रह!


कास्की । पोखरा महानगरपालिका वडा नं.९ नयाँ सडकस्थित विष्णु पराजुलीको सटर अगाडि आइतबार बिहान ९:३० एउटा सलह किरा भेटाएर आफुलाई दिएको वडासचिव लोकदर्शन कोईरालाले पुष्टी गरेका छन् ।

वडा सचिव कोईरालाले सलह किरा समातेर वडा कार्यालयलाई जानकारी प्रदान गरेकोमा नयाँ सडकका विष्णु पराजुलीलाई आभार व्यक्त गर्दै नयाँ सडकका कौंशी खेतिवाला कृषकहरु होशियार रहनसमेत आग्रह गर्नु भएको छ ।

प्रकाशित: समय: 0:45:59  71पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार