आज ६९ औं मदन जयन्ती,हातिवनमा फलफूल तथा बिहानको खाना सेवा कार्यक्रम


ललितपुर । आज ६९ औं मदन जयन्ती अर्थात जन नेता मदन भण्डारीको जन्म जयन्तीको अवसरमा आइतबार ललितपुरको हातिवनमा रहेको मानव सेवा आश्रममा रहेका ५८ जना मानवहरुलाई फलफूल तथा बिहानको खाना सेवा मदन भण्डारी फाउण्डेसन ललितपुरले प्रदान गरेको छ ।

फाउण्डेसनका जिल्ला अध्यक्ष रमेशचन्द्र घिमिरेले फाउण्डेसनका वाग्मती प्रदेश सचिवालय सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जिल्ला कार्यालय ललितपुरका कार्यालय सचिव पुरुषोत्तम आचार्यको प्रमुख आतिथ्यमा मानव सेवा आश्रम ललितपुरमा रहेका नागरिकहरुलाई फलफूल तथा बिहानको खाना सेवा स्वरुप प्रदान गरेको जनाएका छन् ।

फाउण्डेसनका अध्यक्ष घिमिरेले जननेता भण्डारीको जनताको बहुदलीय जनवाद आजको दिनमा पनि उत्तिकै सान्दर्भिक रहेको जनाउनु हुँदैं फाउण्डेसन ललितपुरद्धारा आयोजित उक्त कार्यक्रममा मानव सेवा आश्रम ललितपुर जिल्ला अध्यक्ष रष्मी आचार्य,अष्टवीर व्यन्जनकार,नवीन तण्डुकार,सुमन खडका लगायतका महानुभावहरुको सहभागिता रहेको बताउनु भएको छ ।

प्रकाशित: समय: 22:54:45  88पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार