कांग्रेसले असार १६ गतेका लागि केन्द्रीय समिति बैठक बोलायो


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असार १६ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

नेपाली कांग्रेसको आइतबार बसेको पदाधिकारी बैठकले १६ गते दिउँसो १ बजे केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो ।

पदाधिकारी बैठकमा नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने लगायतका विषयमा छलफल भएको कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए ।

कोरोनाका कारण रोकिएका सदस्यता वितरण, नवीकरण लगायतका कामहरुलाई कसरी व्यवस्थित बनाउँदै लैजाने भन्ने विषयमा समेत छलफल भएको नेता लेखकले बताए । कांग्रेसले फागुन ७ देखि १० सम्म महाधिवेशन गर्ने मिति यसअघि नै तोकिसकेको छ ।

प्रकाशित: समय: 22:23:26  53पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार