“आमा”-सुरेशमान रुम्बा तामाङ,नुवाकोट


मर्न धेरै थरिका रहेछन् बरु बाटो
आमा बाहेक जन्मको छैन अरु बाटो
छैन कुनै चिज यहाँ जुनि किन्न सक्ने
पर्छ बन्नु मैले यस्को मूल्य चिन्न सक्ने

 

बोकि नौ महिना सम्म गर्वमा तिमीले
राखिनौ स्वार्थ केहिको मनमा तिमीले
मृत्युसँ लडिलडी धर्तिमा टेकायौ
सहेर कष्ट हजारौं हुर्कायौ बढायौ

 

जगतमा सब्से महान तिमी नै छौ आमा
मेरो जिउँदो भगवान तिमी नै हौ आमा
भोक प्यास पीडा ब्यथा सबै बिर्सिदिन्छौ
पलपल सन्तानको पिर चिन्ता लिन्छौ

 

चोट मलाई लाग्दा नि दु:ख तिम्लै हुन्छ
गाली मैले खाँदा पनि मन तिम्रै रुन्छ
माया दिन्छौ यत्ती धेरै पर्छु यसै दङ्ग
तिम्रो बयान गर्ने शब्द छैन म सँग

 

सारा गुण तिम्रो म तिर्न सकौला कसरी
छ तिम्रो गुण तिरेरै तिर्न नसक्ने गरि
आमा म मुठि रोपि मुरि फलाएर धान
बढाउने छु सच्चा कर्मले तिम्रो सम्मान।।

 

प्रकाशित: समय: 21:04:08  147पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार