वाग्मती मनोहरा दोभान शंखमुलमा सरसफाई


काठमाडौं । वाग्मती सफाई महाअभियानले आज(शनिबार) वाग्मती मनोहरा दोभान शंखमुलमा सरसफाई गरि आफ्नो गौरवमय ऎतिहासिक ३७२ औं शृङ्खला पार गरेको छ ।

महाअभियानका अभियन्ता किशोरसिंह शाहीकानुसार सामाजिक दुरिलाई कायम गर्दै सरसफाईमा महाअभियानका अभियन्ता डा.लक्ष्मी पौंडेल,जीवन योग प्रयोगशाला यु.एन.पार्कका प्रतिनिधि रामप्रसाद पन्थी,श्री हनुमान मार्ग टोल विकास समितिका पदाधिकारीहरु,स्थानीय वासिन्दा आस्था विन्दु मल्ल लगायतका अभियन्ताहरुले वाग्मती नदि किनार सडक पैदल हिंड्ने बाटोमा झारपात उखेल्ने, कुहिने र नकुहिने फोहर छुट्याई संकलित फोहोरको व्यवस्थापनसमेत गरेको जनाएका छन् ।

प्रकाशित: समय: 18:06:39  78पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार