गोटिखेलमा दुग्ध व्यवसायी कृषकहरुलाई अनुदान नगद रकम वितरण


ललितपुर । महाँकाल गाउँपालिका वडा नं.३ गोटिखेलमा वडाध्यक्ष गंगाराम तिमल्सिनाको प्रमुख आतिथ्यमा बिहिबार दुग्ध व्यवसायी कृषकहरुलाई दुधको लिटर बिक्री गरे बापतको आधारमा अनुदान नगद रकम वितरण सम्पन्न भएको छ ।

वाग्मती प्रदेश सरकारको आ.व.०७६/७७ को बजेटबाट प्राप्त अनुदान रकम गोटिखेलस्थित नवविकल्प बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालयमा वडाध्यक्ष तिमल्सिनाले दुग्ध व्यवसायी कृषकहरुलाई अनुदान रकम वितरण गर्नु भएको थियो ।

कार्यक्रममा महाँकाल गाउँपालिका पशु शाखा प्रमुख दीपक दुलाल,मनोजकुमार घिमिरे लगायतका महानुभावहरुको सहभागिता रहेका थिए।

प्रकाशित: समय: 13:06:01  108पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार