परराष्ट्र मन्त्रालयले चीनले नेपालको भूमि मिचेको भन्ने समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
बिहीबार प्रेस विज्ञप्ति निकाल्दै मन्त्रालयले कृषि तथा पशुपंक्षी मन्त्रालयको अस्तित्वमा नै नरहेको प्रतिवेदनलाई आधार बनाएर सञ्चारमाध्यममा आएका समाचारमा कुनै सत्यता नभएको जनाएको हो ।
सन् १९६१ अक्टोबर ५ तारिखको सीमा सम्झौता अनुसार नेपाल–चीनबीचको सीमा तय भएको र समाचारमा बताइए अनुसार हराइरहेको भनिएका चीनसँगको सीमा स्तम्भ नम्बर ३७ र ३८ प्राकृतिक कठिनाइको कारण निर्माण नै नगरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सीमाको विषयलाई लिएर कुनै पनि समस्या आएमा द्वीपक्षीय वार्ताद्वारा समाधान गर्ने जनाएको छ । कुनै सीमा समस्या देखिएमा दुवै मुलुकका सम्बन्धित निकायबीच आपसी सहमतिमा नै सल्टाउने पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दुई देशबीचको आपसी सम्बन्धमा खलल पु¥याउने सीमाजस्तो संवेदनशील विषयमा सूचना पुष्टि गरेर मात्र प्रकाशन प्रशारण गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।