पुरुषले त बुझेन यस्को पीडा नारीले त बुझ्नुपर्छ- शर्मिला तामाङ जापान


मासिक चक्र बार्न किन लगाउँछ हाम्रो समाजमा
छुन हुन्न भन्दै पर किन भगाउँछ हाम्रो समाजमा

लाग्छ तल्लो माथिल्लो जात,मासिक चक्र एक
चुलोमा हुल्न हुँदैन रीत बनाउछ हाम्रो समाजमा

ख्याल गर्ने बेलामा धेरै पीडा हुँदा रक्तस्राव भएर
अनावश्यक प्रथा किन चलाउँछ हाम्रो समाजमा

महिनाको पाँच दिन ठुलो गल्ती गरे जस्तो लाग्छ
यो सोचाइ महिनौं किन जगाउँछ हाम्रो समाजमा

पुरुषले त बुझेन यस्को पीडा नारीले त बुझ्नुपर्छ
नारीले नै सहमति किन जनाउँछ हाम्रो समाजमा ।

प्रकाशित: समय: 9:48:39  285पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार