गुम्बा विकास समितिको कार्यकारी निर्देशकमा होम दोङ नियुक्त हुनु भएकोमा तामाङ सोसाईटी अफ अमेरिकाद्धारा बधाई


अमेरिका,न्यूयोर्क । नेपाल सरकार,मन्त्रीपरिषदको गत मंगलबार बसेको मन्त्रीपरिषद बैठकले नुवाकोटका अनेरास्ववियु स्ववियुका नेता,ल क्याम्पसका पूर्व स्ववियु अध्यक्ष एवं अधिवक्ता होम दोङ तामाङलाई बौंद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको रिक्त कार्यकारी निर्देशकमा आगामी पाँच वर्षको लागि नियुक्त गरेकोमा तामाङ सोसाईटी अफ अमेरिकाले खुशी व्यक्त गर्दै बिहिवार बधाईसहित कार्यकाल सफलताको लागि शुभकामना व्यक्त गरेको छ ।

तामाङ सोसाईटी अफ अमेरिकाकी अध्यक्ष एवं सामाजिक अभियन्ता गोमा योन्जनले संस्थागत रुपमा गुम्बा विकास समितिका नवनियुक्त कार्यकारी निर्देशक एवं अधिवक्ता दोङलाई हार्दिक बधाई ज्ञापनसहित कार्यकाल सफलताको लागि शुभकामना सन्देश व्यक्त गरेकी छिन् ।

नेपाल सरकार,संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव राजन पौंडेलद्धारा बिहिबार हस्ताक्षरित बौंद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको अध्यक्षमा ताप्लेजुङ जिल्ला,फुङलिङ नगरपालिका वडा नं.९ का नेपाल बौंद्ध महासंघका पूर्व केन्द्रीय अध्यक्ष एवं खेन्पो,गेशे थुप्तेन जिग्डोललाई अध्यक्ष र नुवाकोटका अनेरास्ववियुका युवा नेता एवं अधिवक्ता होम दोङ तामाङ कार्यकारी निर्देशक पदमा  आगामी पाँच वर्षसम्मको लागि नियुक्ती गरेको हो ।

प्रकाशित: समय: 14:09:39  704पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार