काठमाडौं । भाषा आयोगको शङखमुल,काठमाडौंबाट मातृभाषाहरूको शिक्षामा प्रयोग सम्भाव्यता अध्ययन प्रतिवेदनहरुको सारांश सार्वजनिक गरिएको छ ।
भाषा आयोगले नेपालका विभिन्न जिल्लाहरुको १८ वटा स्थानीय तहहरूको विभिन्न विद्वानहरूबाट लिखित प्रतिवेदनहरूको सारांश
आ.व.०७३/०७४ र ०७४/०७५ भित्र गरिएका प्रतिवेदन सार्वजनिक गरिएको भाषा आयोगका उपसचिव एवं विषयवस्तु तथा भाषा सम्पादन गर्नुहुने डा.लोकबहादुर लोप्चन तामाङले जनाएका छन् ।
उपसचिव डा.लोप्चनकानुसार आयोगले मातृ भाषाहरुको शिक्षामा प्रयोगको सम्भाव्यता अध्ययन प्रतिवेदनहरुको सारांशका लागि तामाङ,चेपाङ,रानाथारु,अवधी,शेर्पा,लिम्बू ,डोने,मगर,थामी,उराँव,डोटेली,कुमाल,गुरुङ,भोजपुरी,वान्तवा,उर्दु,थारु भाषाहरुको अध्ययन गरि सारांश प्रतिवेदन तयार गरेको जनाउनु हुँदै उक्त सारांश प्रतिवेदन भाषा आयोगले छिट्टै आफ्नो वेव साइटमा राख्नेसमेत बताउनु भएको छ।