स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिड शिर्ष स्थानमा


स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा जित दर्ता गर्दै रियाल मड्रिड शिर्ष स्थानमा उक्लिएको छ ।

रियल सोसीडाडलाई २/१ ले हराउदै रियाल शिर्ष स्थानमा पुगेको हो । यो जितसँगै रियालले बार्सिलोनासंगै समान ६५ अंक जोडेको छ । तर गोल अन्तरका कारण रियाल पहिलो स्थानमा पुगेको छ । यसअघी भएको खेलमा बार्सिलोना सेभिलासंग गोलरहित बराबरीमा रोकिएको थियो ।

रियाललाई यो जितले जारी लिगको उपाधि जित्ने अवसर थप बलियो बनाएको छ । फ्रान्सेली स्टार फुटबल खेलाडी जिनेदान जिदानको प्रशिक्षणमा रहेको रियालले अब अर्को खेल १८औ स्थानमा रहेको कोनार्का विरुद्ध खेल्ने छ भने बार्सिलोनाले ९औ स्थानमा रहेको यथेल्टिको बिलबाओसंग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित: समय: 8:27:37  52पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार