कोरोना भाइरसबाट संक्रमित भएका दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनलाई आइसीयू कक्षमा रोखेर उपचार गरिंदै छ ।
म्याक्स अस्पतालमा उपचारारत ५५ वर्षीय जैनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि शुक्रबार साँझ आइसीयूमा सारिएको टाइम्स अफ इन्डियाले जनाएको छ ।
बुधबार कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका जैनलाई निमोनिया पनि भएको भारतिय संचार माध्यमले जनाएको छ।
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार ९ सय ७० पुगेको छ । ३ लाख ९५ हजार ८ सय १२ संक्रमित भएका छन्।
संक्रमितमध्ये २ लाख १४ हजार २ सय ६ जना कोरोनामुक्त भएका छन् ।