नारायण भुुसालको गजल


म गरीब छु,तिमीलाई झुपडी देखेर लाज लाग्छ ।
तिमी र म बीचको फरक देखेरै अन्दाज लाग्छ ।

हो, लाग्न त तिमीलाई मेरो कुनै महत्त्व लाग्दैन आमालाईआफ्नो छोराछोरी शिरको ताज लाग्छ।

छोरी पराइकी हुन छोरा चाहिन्छ,भन्नेले बुझ्नुपर्छ ।
छोरीआमाकै रगतहुन जुठोअनि कृयाकाज लाग्छ।

जातकै आधारमा कसैले मन्दिरमा प्रवेश पाउदैन।
हेर्छ तर बोल्दैन मलाई त अन्धो यो समाज लाग्छ।

हिजो दलित भएकैले उसले ज्यान गुमाउनु पर्यो।
आजकाल जातका कुरा गर्नेहरू यमराज लाग्छ

प्रकाशित: समय: 21:20:51  1105पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार