चोपाटारमा ९५ घरपरिवारलाई खाद्यान्न वितरण


काभ्रे । तेमाल गाउँपालिका वडा  नं.९ चोपाटारमा बिहिबार ९५ घरपरिवारहरुलाई राहतस्वरुप खाद्यान्न वितरण गरेको छ ।

तामाङ चलचित्र संघका केन्द्रीय अध्यक्ष एवं सामाजिक अभियन्ता विकु थोकरले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं कोरोना भाइरसका कारण नेपाल सरकारले गरेको लकडाउनले गर्दा दैनिक ज्यालादारी,विपन्न,श्रमिक घरपरिवारहरुलाई एक बोरा चामल,१ केजि मस्यौरा,२ केजि दाल,१ केजि नुन,१ लिटर तेल लगायतका खाद्यान्न सामग्री वितरण गरेको जनाएका छन् ।

खाद्यान्न वितरण कार्यलाई युवा व्यवसायी रोशन थोकर विशेष सहयोगमा राष्ट्रिय खेलाडी सागर घिसिङ,युवा व्यवसायी सरोज तामाङ,व्यवसायी हरि श्रेष्ठ,संचारकर्मी एवं अभियन्ता सुदिन दोङ तामाङ लगायतका महानुभावहरुको सहकार्य र सहयोगमा उक्त कार्य सम्पन्न गरेको तामाङ चलचित्रका संघका केन्द्रीय अध्यक्ष एवं सामाजिक अभियन्ता थोकरले तामाङपेजसँगको संवादमा बताउनु भएको छ ।

 

 

 

प्रकाशित: समय: 19:50:47  587पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार