लगनखेलबाट दुईजना अशक्त तथा रोगीको उद्धार


ललितपुर । अत्यन्त अशक्त,रोगले ग्रस्त दुईजना सडक आश्रित मानवको मंगलबार महालक्ष्मी स्थान,लगनखेल,सरस्वतीपाटीबाट उद्धार गरेको छ ।

मानव सेवा आश्रम ललितपुर शाखा हातिवनका धर्मप्रसाद पौंडेलकानुसार ललितपुर महानगरपालिका वडा नं.५ का वडाध्यक्ष विकासमान श्रेष्ठको अभिभावकत्वमा अत्यन्त अशक्त, रोग र भोकले ग्रस्त दुईजना सडक आश्रित मानवको उद्धार गरि पाटन अस्पतालमा पि.सि.आर.पश्चात् आईसोलेशनमा राखिएको संचारकर्मीहरुलाई जानकारी गराएका छन् ।

उद्धार कार्यमा वडा सदस्यहरु शोभा देवी प्रधान श्रेष्ठ,मन्जु रिजाल,मानवसेवा आश्रम भौतिक विकास प्रबर्द्धन समितिका सदस्य जितेन्द्र महर्जन,नामी साप्ताहिकका संवाददाता नारायण लिंखा देवान,महानगरीय प्रहरी प्रभाग लगनखेलका प्रहरी नायव निरीक्षक सुरेन्द्रबहादुर तेर,प्रहरी कर्मचारीहरू,स्थानिय वासिन्दाको सक्रिय सहभागितामा नाम,वतन अशक्त,रोगिका कारण खुलाउन समस्या भएका दुई जना मानवको उद्धार गरिएको जनाइएको छ।

 

 

प्रकाशित: समय: 17:34:03  347पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार