मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु


मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका ३ झुरझुरेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती गाउँपालिका वडा नं ६ फापरबारिका ४० वर्षीय इन्द्र थोकर रहेका छन् ।
फापरबारिबाट ज्यामिरे तर्फ मोटरसाइकलमा जाँदै गर्दा बाटोमा बिजुलीको तार खसेर करेन्ट लागेर घटना स्थलमै थोकरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

प्रकाशित: समय: 16:02:29  636पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार