रातामाटामा वडास्तरिय योजना तर्जुमा गोष्ठी


सिन्धुली । सुनकोशी गाउँपालिका अध्यक्ष दीपा बोहोरा दहालको प्रमुख आतिथ्यमा सुनकोशी गाउँपालिका वडा नं.३ को वडा कार्यालय झागाझोली,रातामाटमा वडास्तरिय योजना तर्जुमा गोष्ठी तथा सार्वजनिक सुनुवाई कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।

गत आ.व.०७६/०७७ को समीक्षा,आ.व.०७७/०७८ मा गरिने वडा भित्रका योजनाकाबारेमा छलफल,कतिपय योजनाका सवालमा सरोकारवाला निकाय,व्यक्तित्वहरुले सार्वजनिक सवालको जवाफसमेत दिनु भएको थियो ।

वडा कार्यालयले आयोजना गरेको सो कार्यक्रममा सुनकोशी गाउँपालिका उपाध्यक्ष दिर्बुसिंह मोक्तान,प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दास,वडाध्यक्ष रामचन्द्र आचार्य लगायतले सरोकारवाला व्यक्ती,राजनितिक दलका नेतृत्व,सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरुले राख्नु भएको प्रश्नको उत्तर,जिज्ञासा मेटाएका थिए।

सामाजिक दुरिलाई कायम गर्दै वडाका प्रतिनिधिहरु,उपभोक्ता समितिका अध्यक्षहरु,महिला स्वास्थ्य स्वयम् सेविका,जेष्ठ नागरिक,अपाङ्गता ,एकल महिला,शिक्षक,शिक्षिका,महिला,विभिन्न राजनितिक दलका प्रतिनिधिहरु,कर्मचारी लगायतका महानुभावहरुको सहभागिता रहेको वडा कार्यालयले जनाइएको छ ।

तस्बिर: सुष्मिता प्याकुरेल ।

 

 

 

 

प्रकाशित: समय: 15:55:35  351पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार