ओमानबाट थप १४७ जना नेपाली स्वदेश फर्किए


४ असार, काठमाडौं । ओमानमा रहेका थप १४७ जना नेपाली बिहीबार स्वदेश फर्किएका छन् ।

३७ जना महिलासहित १४७ जना नेपाली नेपाल फर्किएको ओमानस्थित नेपाली दूतावासले जनाएको छ ।

कोभिड-१९ का कारण विभिन्न समस्यामा परेका नेपालीको उद्धारका लागि ओमानबाट यो दोस्रोपटक उडान भरिएको हो ।

प्रकाशित: समय: 13:42:47  382पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार