भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी तत्काल फिर्ता गर्नुपर्छ : सांसद शर्मा


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय सभाका सांसद दीनानाथ शर्माले भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी तत्काल फिर्ता गर्नुपर्ने बताएका छन् ।

बिहीबारको राष्ट्रिय सभाको बैठकमा संविधान संशोधन विधेयक माथिको छलफलका क्रममा शर्माले भारतले तत्काल नेपालको भूमि फिर्ता गर्नुपर्ने बताएका हुन् ।

उनले भारत नेपालको असल मित्र भएको र भारतले पनि नेपाललाई असल मित्र मानेको छ भने अंग्रेजले नेपालबाट लुटेको भूभाग समेत फिर्ता दिनुपर्ने बताए । शर्माले नेपालीहरुको सदासयता, मित्रता र आत्मियताले कालापानी लगायतका उत्तरी सीमामा भारतीय चेकपोस्ट राख्न दिइएको तर अहिले त्यही भूमिलाई आफ्नो बनाउन खोजेको बताए ।

शर्माले महाकालीको मुहान कुन हो भन्नेमा भारतीय पक्षलाई भ्रम भए अन्तर्राष्ट्रिय जलविज्ञलाई बोलाएर टुंगो लगाउनुपर्ने बताए । लिम्पियाधुराबाट बग्ने नदी नै महाकाली रहेको र भारतले नेपालको भूमि मिचेको भनेर भारतीय विज्ञहरूले पनि बताइरहेका बेलामा भारत शासक र सेनाले कब्जा जमाउन नहुने उनले बताए ।

शर्माले नेपालले अंग्रेजले लुटेको भूमि फिर्ता मागेको नभई सुगौली सन्धिअनुसार महाकाली पश्चिम नआउन भनेर भारतलाई भनेको बताए । उनले भारत सरकार भूलमा परेको भए वा सेना भूलवश त्यहाँ रहेको भए त्यसलाई सच्याउन आग्रह गरे ।

प्रकाशित: समय: 13:30:01  249पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार