टौंखेलचोकमा वडासदस्य घिमिरेद्धारा सिम्रन रेडिमेड सेन्टर स्थापना


ललितपुर । काठमाडौं महानगरपालिका वडा नं.२२ महाबौंद्धमा स्थापित सिम्रन रेडिमेड सेन्टर शाखा होलसेल पसल टौंखेलचोकस्थित पृथक मार्टको पसल नंम्बर ४ मा सनराइज बैंकको कार्यालयसँगैं स्थापना गरेका छन् ।

नेकपाका युवा नेता,व्यवसायी एवं गोदावरी नगरपालिका वडा नं.४ बडिखेलका वडा सदस्यसमेत रहनु भएका कृष्णमुरारी घिमिरे स्थानिय उपभोक्ताहरुको माग,चाहनालाई मध्यनजर गर्दै सिम्रन रेडिमेड सेन्टरको होलसेल पसलको शाखा पसलको रुपमा खुद्रा तथा होलसेल कपडा बिक्री गर्नको लागि गोदावरी नगरपालिका वडा नं.३ टौंखेलमा स्थापना गरेको बताउनु भएको छ ।

व्यवसायी घिमिरेले संचारकर्मीहरुसँग कुराकानी गर्नुहुँदैं सर्व सुलभ रुपमा ग्राहकको ईच्छा बमोजिमका रेडिमेड कपडाहरु खरिद गर्न सर्वसाधारणदेखि विशिष्ट व्यक्तित्वहरु,ललितपुर जिल्ला क्षेत्र नं.१(क) वाग्मती प्रदेश सभा सांसद लालकुमारी पुन(शुशिला) सम्म आउनु भएर कपडाहरु खरिद गरेर लगेकोसमेत जनाएका छन् ।

प्रकाशित: समय: 12:25:58  865पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार