विश्वभर कोरोनाबाट ४ लाख ५१ हजारबढीको मृत्यु,संक्रमितको संख्या ८४ लाख नाघ्यो


विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ५१ हजार नाघेको छ ।

करिव ५ महिना देखि चिनको वुहानबाट फैलिएका संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ५१ हजार २ सय ६३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ लाख ४१ हजार २ सय ५७ नयाँ संक्रमित थपिएसँगै संक्रमित हुनेको संख्या ८४ लाख १ सय २९ पुगेको छ ।जसमध्य ४४ लाख १४ हजार ९ सय ९१ जना उपचारपछि निको भएका छन् ।

संक्रमितमध्य ३५ लाख ३३ हजार ८७४ जनाको उपचार भइरहेको छ भने ५४ हजार ४५२ जनाको अवस्था गम्भिर रहेको वल्डोमिटर्समा उल्लेख छ ।

कोरोनाबाट सबैभन्दाबढी प्रभावित अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख १९ हजार ९४१ पुगेको छ । २२ लाख ३४ हजार ४ सय ७१ जना संबmमित भएका छन् ।

यस्तै, कोरोनाबाट युरोपियन मुलुकहरुमा १ लाख ८४ हजार ६५९ जना, उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ४८ हजार ७७९ जना,
एसियाली मुलुकहरुमा ४४ हजार ५५८ जना, दक्षिण अमेरिकी मुलुकहरुमा ६५ हजार ६८ जना, अफ्रिकी मुलुकहरुमा ७ हजार २४९ जना र अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ ।

प्रकाशित: समय: 8:42:52  311पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार