मनाङका पहिलो पटक कोरोना संक्रमित भेटिए, गण्डकी प्रदेशमा संक्रमितको संख्या २८९ पुग्यो


गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय पोखराले बिहीबार बिहान दिएको जानकारीअनुसार मनाङ, नवलपरासी, तनहुँ, गोरखामा गरी थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २८९ पुगेको छ ।

मनाङमा कोरोना संक्रमण देखिएको पहिलो पटक हो । स्थायी ठेगाना कपिलवस्तु बाणगंगा–१४ घर भइ मनाङ बस्दै आएका ५७ वर्षीय पुरुषमा कोरोना भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमण ७४ जिल्लामा पुगेको छ ।

प्रदेश एकको ओखलढुंगा, गण्डकीको मुस्ताङ र वाग्मतीको रसुवामा भने अहिलेसम्म संक्रमण देखिएको छैन ।

प्रकाशित: समय: 8:15:19  358पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार