सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक असार १० मा बस्ने


काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले स्थायी कमिटी बैठक बोलाएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बुधबारको भेटवार्तापछि स्थायी कमिटी बैठक बोलाउने सहमति भएको हो । नेता खनालका अनुसार असार १० गतेका लागि बैठक बोलाइएको छ ।

खनालले स्थायी कमिटीमा अमेरिकी अनुदान सहायता प्रस्ताव एमसीसीलगायतका विषयमाथि छलफल हुने जानकारी दिएका छन् । यसअघि स्थायी कमिटीको पाँचौं बैठक दुईपटक स्थगित भइसकेको छ । अध्यादेश प्रकरणपछि स्थायी कमिटीका २० जना सदस्यले वैशाख १० गते लिखितरूपमा बैठकको माग गरेका थिए । उनीहरूको मागलाई सम्बोधन गर्न वैशाख २५ गते बैठक बोलाइएको थियो ।

तर, वैशाख २४ गते अध्यक्ष केपी शर्मा ओलीले बैठक छाडेर हिँडेपछि स्थगित भएको थियो । त्यसपछि वैशाख ३१ गते पुनः तय भएको थियो । त्यतिबेला पनि कोरोनाको जोखिम बढेको भन्दै बैठक स्थगित गरिएको थियो ।

प्रकाशित: समय: 8:07:48  411पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार