श्याम लामा योञ्जनको गजल


मेरै मुटु जलाई अनाहकमा
दोष दियो मलाई अनाहकमा ।

पिउदिन थेँ म सुर्ती अनि चुरोट
आफै कोरी सलाई अनाहकमा ।

बदनाम भयो भन्दै टोलैभरि
सराप्छ सबलाई अनाहकमा ।

सख्त घाइते भएकै बेला छुरा
छातीमाथि चलाई अनाहकमा ।

पापै पाप गरेर पनि जीवनभरी ?
पुकार्छौ स्वर्गलाई अनाहकमा ।

जस्तो परिश्रम उस्तै हुन्छ अंजाम
गाल् न’दे नर्कलाई अनाहकमा ।

लेखक: श्याम लामा योञ्जन

प्रकाशित: समय: 7:21:24  488पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार