जन्मदिनको अबसरमा महिला सदस्य सुमित्रा थिङद्वारा राहत बितरण


मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं १ नेपाली कांग्रेसबाट निर्वाचित महिला वडा सदस्य सुमित्रा थिङ (सुमि समबेदना) ले आफ्नो जन्मदिनको अबसरमा राहत बितरण गरेकी छिन् । विश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण सरकारले गरेको लकडाउनको मारमा पर्दा समस्यामा परेका अति बिपन्न परिवारलाई आफ्नो जन्मदिनको अबसरमा राहत बितरण गरिएको वडा सदस्य सुमित्रा थिङले जानकारी दिइन् । दलित, चेपाङ, एकल महिला वृद्ध गरि २४ घर धुरीलाई आफ्नो ब्यक्तिगत खर्चमा राहत बितरण गरिएको सदस्य लामाले बताइन् ।

प्रकाशित: समय: 22:06:11  622पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार