मकवानपुरको इन्द्रसरोवरमा भेटिएको शवको सनाखत


मकवानपुर । मकवानपुरको इन्द्रसरोवरमा भेटिएको शव हेटौंडा पदमपोखरीका कृष्ण बहादुर थोकरको रहेको खुलेको छ ।मंगलबार इन्द्रसरोवर गाउँपालिका ३ डडारेखोला नजिक मृत अबस्थामा एक पुरुषको शव फेला परेको थियो । उक्त शव हेटौंडा उपमहानगरपालिका वडा नं १३ पदमपोखरिका अन्दाजी ३५ वर्षीय कृष्ण बहादुर थोकरको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको प्रबक्ता रानाले बताएका छन् ।

प्रकाशित: समय: 19:31:15  443पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार